Logo

काठमाडौं–१२ को मत गन्दा सिर्जना सिंहको अग्रता, चौथोमा बालेन



काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को मतगणनामा भइरहेको छ । सुरुवातीदेखि अग्रता लिदैै आएका स्वतन्त्र उम्मेदवार बालेन साहले यो वडामा कमजोर सुरुवात गरेका छन् ।

वडा–१२ मा बालेन चौथो नम्बरमा रहेका छन् । यो वडाको अहिलेसम्म १५१५ मत गन्दा नेपाली कांग्रेसको सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् ।

उनले ४५५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३४४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले २२१ मत र बालेन साहले २१८ मत ल्याएका छन् । काठमाडौंमा १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्