Logo

२५ वर्षीय युवा छिन्नमस्ताको अध्यक्षमा विजयी



काठमाडौं,८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा युवा अध्यक्षमा विद्यानन्द चौधरी विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का २५ वर्षीया चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै २ हजार ८९५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याए । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजुदेवी यादवले २ हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले १ हजार ५९५ मत ल्याइन्। त्यस्तै, एमालेकी ललितादेवी मेहताले १ हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान १ हजार ३८४ मत पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्