Logo

कृष्णपुरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



काठमाडौं, ८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् ।

मेयरमा निर्वाचित ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत पाएका छन् । त्यसैगरी, कृष्णपुर नगरपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गर्दा माओवादी केन्द्रकी उपमेयर गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्