Logo

पति र छोरीसँगै कान्स फिल्म फेस्टिभलबाट स्वदेश फर्किइन् ऐश्वर्या राय



एजेन्सी, ८ जेठ । बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्ना पति अभिषेक बच्चन र छोरी आराध्या बच्चनसँग ७५औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मे १७ मा गएकी थिइन् । अहिले उनी कार्यक्रमबाट स्वदेश फर्किएकी छिन् ।

मुम्बई एयरपोर्टबाट बाहिर निस्केको ऐश्वर्याको यो भिडियो पापाराजी फोटोग्राफरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । भिडियोमा अभिनेत्रीले कालो टप र नीलो जिन्स लगाएकी देखिन्छिन्, जसमा उनले कलर फुल श्रग पनि बोकेकी छिन् । त्यस्तै, आराध्याले हल्का गुलाबी रंगको स्वेटसर्ट र जिन्स लगाएकी छिन् ।

जानकारीका अनुसार ऐश्वर्याले सन् २००२ मा यो प्रतिष्ठित फिल्म फेस्टिभलमा रेड कार्पेटमा डेब्यु गरेकी थिइन्, त्यसपछि उनी लगातार हरेक वर्ष कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छिन् । यसपटक पनि उनले रेड कार्पेटमा आफ्नो सुन्दर लुक्सले फ्यानको मन जितिन् ।

कोरोना महामारीपछि झण्डै २ वर्षको लामो अन्तरालपछि ७५औं कान्स फिल्म फेस्टिभल आयोजना भएको हो ।

ऐश्वर्या अब मणिरत्नमको आगामी फिल्म पोन्नियिन सेल्वनमा देखिने छिन्। फिल्म कल्कि कृष्णमूर्तिको तमिल उपन्यासमा आधारित छ । अभिनेत्री ऐश्वर्या राय बच्चन अन्तिम पटक २०१८ को फिल्म फन्ने खानमा देखिएकी थिइन् । यस फिल्ममा उनले अनिल कपूर र राजकुमार रावसँग महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्