Logo

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक



काठमाडौं, ८ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरु र मन्त्रीहरु सम्मिलित बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको हो । यही जेठ १५ गते बजेट आउँदैछ। त्यसअघि सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

मुलुकको अर्थतन्त्र समस्याग्रस्त रहेको अवस्थामा त्यसबाट पार लगाउनेगरि नीति तथा कार्यक्रम ल्याउने भन्दै उनीहरु छलफलमा जुटेका हुन् ।

छलफलको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरुमै बालुवाटार पुगेका थिए ।

त्यहाँ मन्त्रीहरुपनि सहभागी रहेको बताईएको छ ।

मुलुकलाई अहिलेको संकटबाट पार लगाउनेगरि बजेट ल्याईने भन्दै त्यकसो लागि आफूहरु छलफलमा जुटेको प्रचण्डले पत्रकार ऋषि धमलालाई प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्