Logo

भरतपुर अपडेट : ९४ हजार २३२ मत गन्दा कसले कति मत पाए



भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । यतिबेला २० र २१ वडाको मग गणना भइरहेको छ ।
कुल १ लाख २७ हजार ८३९ मत खसेकोमा १९ वडासहित ९४ हजार २३२ मत गणना सकिएको छ ।

गठबन्धन दलकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनले ३६ हजार २७ मत ल्याएर अग्रता लिइरहँदा उनका प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । सुवेदी भन्दा रेनु ८ हजार ५९ मतले अगाडी छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्