Logo

रेनु दाहाललाई ८१५४ मतान्तरको अग्रता



भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । कुल १ लाख २७ हजार ८३९ मत खसेकोमा १९ वडासहित ९५ हजार ३११ मत गणना सकिएको छ । अब ३२ हजार २५५ मात्रै मतपत्र गन्न बाँकी छ ।

अहिलेसम्म गठबन्धन दलकी साझा उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनले ३६ हजार ४६८ मत ल्याएर अग्रता लिइरहँदा उनका प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले २९ हजार ३१४ मत मात्रै प्राप्त गरेका छन् । सुवेदी भन्दा रेनु ८ हजार १५४ मतले अगाडी छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएर जित उन्मुख छन् । उनलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्