Logo

रेनु दाहाल विजय सुवेदीभन्दा ८३९९ मतले अघि, उपमेयरमा कांग्रेसका अधिकारीको फराकिलो अग्रता



काठमाडौं, ८ जेठ । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेद्धवार रेनु दाहालले निरन्तर मत अन्तर फराकिलो बनाएकी छिन् । पछिल्लो मतगणनाको अपडेटअनुसार दाहालले ३८ हजार २ सय ५४ मत पाएकी छिन् । एमालेका उम्मेद्धवार विजय सुवेदीले भने २९ हजार ८ सय ५५ मत ल्याएका छन् । अहिलेसम्म ९७ हजार ११ मत गणना भएको छ । दाहाल र सुवेदीबीच ८ हजार ३ सय ९९ मतको अन्तर छ ।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने १२ हजार ५ सय १४ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ४ सय २८ मत ल्याएका छन् । राप्रपाकी उपमेयरकी उम्मेद्धवार हिमला गुरुङले भने २३ हजार ६ सय १७ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्