Logo

धरानको मेयरमा स्वतन्त्र उम्मेद्धवार हर्कराज राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम विजयी



काठमाडौं, ८ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’ विजयी भएका छन् ।

उनले २० हजार ८ सय २१ मत ल्याएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेद्धवार किशोर राईलाई पराजित गरेका छन् ।

किशोरले भने १६ हजार ५९ मत ल्याएका हुन् ।

त्यस्तै, उपमेयर भने नेकपा (माओवादी केन्द्र) का अइन्द्रविक्रम वेघा विजयी भएका छन् ।

उनले २० हजार ५सय १० मत ल्याए भने एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू १७ हजार ६ सय छ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस्