Logo

को हुन् धरानका निर्वाचित मेयर हर्कराज



काठमाडौं, ८ जेठ । राजनीतिक दलको संगठन र शक्तिसामु धरानमा हर्कराज राई भारी परे । पूर्वको महत्वपूर्ण शहर धरानमा राईको जीत धेरैका लागि अप्रत्याशित बन्यो । तर, उनले निरन्तर रुपमा चालेको भ्रष्टाचारविरोधी कदमले धरानका जनतालाई आश्वस्त पार्न सक्यो । उनी काँग्रेस र एमालेका उम्मेदवारहरुलाई पराजित गरी विजयी भए ।

धरान उपमहानगरपालिकामा रहेको खानेपानी समस्या, खानेपानीको समस्या समाधानका लागि गरिएको निर्माणको अनियमितता, विकासका नाममा वस्ती नै उठाउन खोजिएको कदम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती, खोला उत्खनन तथा विभिन्न मुद्दाहरुको अभियन्ता बनेर लागिरहे । भ्रष्टाचारविरुद्ध धरानमा चोक चोकमा आवाज उठाउँदै पुगे । काठमाडौं सम्म आवाज बुलन्द गर्न आइरहे ।

हर्कराजले जनताको दैलो चिने र मनलाई बुझेर निस्वार्थ भावनाले आवाज उठाइरहे । उनको यही कदमप्रति जनता विश्वस्त भए ।

संगित र कलामा पनि हर्कराज अगाडि छन् । उनी गीत गाउँदै धरानका चोक चोकमा बेथितीविरुद्ध आवाज उठाउन पुग्थे । यही अभियानले उनलाई धरानको मेयरको जिम्मेवारी दिलाएको छ ।



प्रतिक्रिया दिनुहोस्