Logo

कांग्रेसका सच्चा नेता : प्रदिप पौडेल



जेठ ८, काठमाण्डौ । पछिल्लो समय हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका प्रदिप पौडेलले आफूलाई नेपाली कांग्रेसको प्रभावशाली नेताको रुपमा स्थापित गर्दै लगेका छन् ।

नेपाल विद्यार्थी संघको निर्वाचित पूर्व अध्यक्षसमेत रहेका पौडेल कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि राजनीतिक रुपमा कति पनि बिचलित नभै सक्रिय छन् ।

सार्वजनिक कार्यक्रममा मात्र नभै सामाजिक संजालमा पनि उत्तिकै सक्रिय पौडेलले देश र जनतासँग जोडिएका हरेक विषयमा आफ्नो स्पष्ट धारणा राख्ने गरेका छन् । पछिल्लो समय पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मूक्ति पाउने अवस्था आउनुनहुनेमा जोड दिएका हुन् । ।

स्थानीय तहको निर्वाचनको संघारमा पनि पौडेलले देशका विभिन्न ठाउँमा पुगेर अन्य दलका नेता कार्यकर्तालाई कांग्रेसका प्रवेश गराउने काम गरे ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीका कैयौँ भनाईको खण्डन गरेर पौडेलले कांग्रेसको बलियो उपस्थिती देखाउने गरेका छन् । पौडेलले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी एमालेलाई स्थानीय तहको निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका थिए । उनको यो धारणा अहिले पुष्टी भएको छ ।

आफ्नो दलको उम्मेदवार नभए पनि बालेन शाहको विषयमा काठमाण्डौ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको विषयमा जथाभावी टिप्पणी गरेका एमालेका उम्मेदवार केशब स्थापितको भनाईको पनि पौडेलले खण्डन गरेका थिए । उनको खण्डनले राजनीतिमा सहिष्णुता पनि चाहिन्छ भन्ने सन्देश दिएको छ ।

पौडेलले मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका विषयमा पनि सुझबुझपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । पौडेलको निकट रहेका नेविसंघका पूर्व केन्द्रिय सदस्य सुशील भट्टले कांग्रेसलाई मजबुत बनाउन पौडेल सक्रिय रहेको बताउँछन् । “ महाधिवेशनमा महामन्त्रीमा हार्नुभयो । तर यो पार्टीको आन्तरिक लडाई थियो, उहाँलाई कुनै असर परेन । प्रदिप दाइ पार्टीलाई कसरी बलियो बनाउने भन्ने कुरामा मात्रै होइन, देश र जनताको हितमा बोल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।” भट्टले भने ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेर विजयी भएकालाई बधाई तथा शुभकामना दिने पौडेल सभापति शेरबहादुर देउवापछिको दोस्रा नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्