Logo

यसरी बन्यो न्याउली चरी विरहको बिम्ब…



जुम्ला, जेठ ९। । कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बका रूपमा न्याउली चरी परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा वनपाखामा न्याउली चरीको विरही धुन सुनिन्छ ।

मनको विरह पोख्ने खालको नेपाली लोक गीत र संगीतमा न्याउली चरीको प्रसंग जोडिएर आएको पाइन्छ । स्थानीय हस्तना न्यौपाने न्याउलीसँग जोड्दै आफ्नो मनको विरह जुम्ली ठाडीभाकामा यसरी पोख्छिन्:

हुकुम दारी ब्याउलो, रतेडी खेल्दिएई भुन्नो
चरी दुःखी न्यालो, मान्छे दुःखी म जन्म्या छु

न्याउली चरीको प्रसंग जोडेर कर्णालीमा ठाडीभाकामार्फत विरह पोख्ने गरिन्छ । न्याउलीको आवाजलाई भावुकता र दुःखसँग जोडेर हेर्ने गरिन्छ । गहिरो दुःख, टाढिएका आफन्त, छुटेको प्रेम, विवाह गरेर गएका छोरी–चेली तथा परदेसिएका छोराहरूसँगको विषयलाई न्याउलीको विरहसँग जोड्ने गरिएको छ ।

न्याउली चरीको विरही धुनपछाडि एउटा रोचक कथा पनि लुकेको छ । न्याउलीको खास कथा आमा र छोराबीच गाँसिएर आउने गर्छ । चैत, वैशाख र जेठ महिनाबाहेक अन्य मौसममा न्याउलीको आवाज सुनिँदैन ।

उजाड र टन्टलापुर घाममा वनपाखा डुल्दा सुनिने न्याउलीको विरही पोख्ने धुनले सबैलाई भावुक बनाउँछ । अचम्म लाग्दो यो छ कि न्याउली चरीको जोडी एउटै रूखमा कहिल्यै देखिँदैनन् । फरक रूखमा बस्ने दुवै न्याउली चरीले भिन्नभिन्न आवाज निकाल्छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम