Logo

दुई गोलले पछि परेको सिटीले पुनरागमनबाट जित्यो लिग



एजेन्सी, ९ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम प्रतिष्पर्धा रोचक बन्यो । लिगको उपाधि र रेलिगेसनबाट जोगिने प्रतिष्पर्धा दुवै रोचक बन्यो ।

लिग जित्न म्यानचेस्टर सिटी र लिभरपुल दुवै जित्नै पर्ने दबाबमा थिए । सिटी एस्टन भिल्लासँग सुरुमै एक गोलले पछि पर्यो । लिभरपुलले पनि वल्भरह्याम्टनसँगको प्रतिष्पर्धामा एक गोल खायो ।

सिटी ९० र लिभरपुल ८९ अकका साथ प्रतिष्पर्धामा उत्रिएका थिए । तर, दुवै टोलीले गोल खाए । लिभरपुल बराबरीमा रोकिएमात्र पनि सिटीले लिग जित्ने निश्चत थियो । तर, सिटीले फेरि गोल खाएपछि २-० ले पछि पर्यो । लिभरपुलले वल्भसँग बराबरी गर्यो । एक गोल गरेमा लिभपुरल लिग विजेता बन्ने अवस्था बन्यो ।

सिटी निकै दबाबमा पर्यो । उसले ५ मिनेटको अन्तरालमा ३ गोल गरेर भिल्लालाई पछि पार्यो । सिटी अन्तिम समयसम्म भिल्लालाई रोक्न केन्द्रित भयो ।

लिभपुर पनि खेलमा फर्कदै वल्भमाथि ३-१ को जीत निकाल्न सफल भयो । तर, लिग सिटीले जित्यो ।

रेलिगेसनबाट जोगिन बर्नले र लिड्सले निकै संघर्ष गरे । बर्नलेले खेल जित्नैपर्ने वाध्यता थियो । तर, न्युकालसँग २-१ ले पराजय व्यहोरेयो । लिड्सले भने ब्रेन्डफोर्डर्स २-१ को जित निकाल्यो । बर्नसले रेलिगेसनमा परेयो ।

चौंथो स्थानका लागि आर्सनल र टोटनह्याम दुवै खेल जित्नुपर्ने वाध्यतामा थिए । दुवैले आ आफ्नो खेल जिते तर टोटनह्याम झीनो अंकले चौंथो स्थानमा पुगेर च्याम्पियनशिपमा छनोट भएको छ ।

लिग विजेता सिटीले ५ करोड ४४ लाख डलर जितेको छ । उपविजेता लिभरपुलले ५ करोड १७ लाख डलर, तेस्रो हुने चेल्सीले ४ करोड ६३ लाख डलर र चौंथो हुने टोटनह्यामले ४ करोड ६३ लाख डलर रकम जिेतका छन् ।



प्रतिक्रिया दिनुहोस्