Logo

पाँचखालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी



काभ्रे, जेठ ९ । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएका छन् ।

खरेल नेकपा एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७ सय २१ मतको फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६मत पाउँदा अधिकारीले ८ हजार ११५ मत पाए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतमलाई ५२४ मत अन्तरले पराजित गरिन् । गौतमले ९ हजार १० मत ल्याए ।



प्रतिक्रिया दिनुहोस्