Logo

काठमाडौं महानगरपालिकाः दोब्बर मतले बालेनको अग्रता, स्थापित तेस्रो स्थानमा



काठमाडौं, जेठ ९ । काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन्।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका हुन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाएकी छन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन्। उनले २५ हजार ५९ मत त प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्