Logo

कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ९ जेठ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबारे जानकारी दिन कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुने जनाइएको छ । आजको सम्मेलनमा कांग्रेसका आगामी योजनाका बारेमा पनि जानकारी दिइनेछ ।



प्रतिक्रिया दिनुहोस्