Logo

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता



दाङ,९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनलाई पछि पार्दै प्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले अग्रता लिइरहेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार खड्काले २० हजार ३१९ र चौधरीले १९ हजार ७८० मत ल्याएकी छन् । गठबन्धनका गेहेन्द्र गिरीले १८ ह जार ५०६ मत पाउँदा राप्रपाका जगधनी चौधरीले ६१४ मतमात्र प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेका चौधरीलाई एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १३ हजार ७३५ मतसहित पछ्याइरहेका छन् । राप्रपाका प्रेमबहादुर शाहले २८ सय ८७ मत ल्याउँदा स्वतन्त्र खेमराज वलीले १४ सय मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्