Logo

मनोज पाण्डेविरुद्ध दुईटा मुद्दा चलाउने तयारी, आज म्याद थपिँदै



काठमाडौं, ९ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध मानव वेचबिखन र यौन दुव्र्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ ।

मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी भई दोस्रो भएकी एक युवतीले पाण्डेविरुद्ध आफुमाथी पटक–पटक बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

उक्त घटना भएको ८ वर्ष बितिसकेको हुनाले हदम्याद लाग्ने भएपछि पाण्डेविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउन लागेको हो । बलात्कारको जाहेरी दिने हदम्याद एक वर्षको मात्र हुन्छ । तर युवतीले ८ वर्षपछि मात्र घटना सार्वजनिक गरेकी हुन् ।

हिजो पाण्डेविरुद्ध अर्की युवतीले आफुलाई बलात्कार गरेको भन्दै उजुरी दर्ता गरेकी छिन् । पाण्डेलाई आज म्याद थपका लाग जिल्ला अदालत काठमाडौं लगिदै छ । अदालतले आज दुई मुद्दा मध्ये एउटा अभियोगमा म्याद थप्नेछ ।



प्रतिक्रिया दिनुहोस्