Logo

रौतहटको फतुवा बिजयपुरको मतगणना अवरुद्ध



रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो ।

आधारभुत विद्यालयमा ४७ थान मतपत्र भेटिएपछि मतगणना कार्यपनि अवरुद्ध भएको छ ।

सिल गरेको भन्दा ४७ मत बढी मतपत्र भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उम्मेदवारहरुले आइतबार रातिदेखि गणना कार्य अवरुद्ध पारेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्