Logo

विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा



सप्तरी, ९ जेठ ।रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरी विदा दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका दिनेशकुमार यादवले स्थानीय तहको निर्वाचन जितेको खुशीयालीमा विजयोत्सव मनाउन गाउँपालिकाभरी बिदा दिन निर्देशन दिएका हुन् ।

आज गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियता शपथग्रहण कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्