Logo

वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक



वीरगन्ज, ९ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् । उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् ।

सिंहभन्दा सरावगी १९ हजार ४५६ मतले पछाडी छन् । त्यस्तै, राप्रपाका गिरीश गिरीले २९ सय ५६ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले फराकिलो मतले जिततर्फ उन्मु्ख छन् । आलमले २५ हजार ५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ६५० मत ल्याएका छन । आलमले झालाई १८ हजार ४०९ मतले पछि पारेका छन् ।

त्यस्तै, राप्रपाकी बिना जैसबालले ४९ सय ३१ मत ल्याउँदा स्वतन्त्र रम्भा मिश्रले ३४ सय ७६ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्