Logo

५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस



९ जेठ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका हुन् ।

केही दिनअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका हुनाले गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्