Logo

एन्फाको अध्यक्षमा कर्मा छिरिङले गरे पुनः उम्मेदवारी घोषणा



काठमाडौं, ९ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुनःअध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आज एक कार्यक्रमका बीच छिरिङले एन्फाको आसन्न निर्वाचनको लागि प्यानलसहित पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तिनकुनेस्थित रोयल ब्यांकेटमा गरिएको कार्यक्रममा नेपाली फुटबलको संस्थागत विकासको लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यवसायिकता हाम्रो अभियान भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको २१औं चनावी साधारण सभा आगामी असार ६ गते हुदैछ ।

उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्ष दीर्घबहादुर केसी, उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, त्यस्तै अर्को उपाध्यक्षमा उपेन्द्रमान सिंह लगायत रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्