Logo

पाण्डेविरुद्ध पीडितले दिइन् मानव वेचविखनविरुद्धको जाहेरी



काठमाडौं, ९ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडित युवतीले आज मानव वेचबिखन तथा ओसार प्रसार नियन्त्रण कसुरमा जाहेरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा युवतीले पाण्डेविरुद्ध जाहेरी दर्ता गरेकी हुन् ।

पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितापछि सक्सेस पार्टी भनेर बोलाएर आफुलाई बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन् ।

पाण्डेलाई गत जेठ ७ गते नै प्रहरीले पक्राउ गरेको छ । पाण्डेविरुद्ध यौन दुव्र्यवहार र मानव वेचविखनको मुद्दा चलाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्