Logo

घनश्याम भुसाल र रामवीर मानन्धरसँग किन फायर भए राजन भट्टराई, माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव हाँस उठ्दो



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सत्तापक्षीय गठबन्धनले एमालेलाई पत्तासाफ गर्ने उद्देश्य राखेपनि उनीहरु सफल नभएको बताएका छन् । उनले एमाले सकियो भन्नेहरुलाई संख्या हेर्न पनि आग्रह गरेका छन् । उनले कांग्रेस एक्लै लडेर जितेको र गठबन्धन गरेर जितेको संख्या छुट्याएर हेर्न आग्रह गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आफूहरुले अरु दलसँग गठबन्धन नगरेको स्पष्ट पारे । उनले घनश्याम भुषालले भनेको आधारमा पार्टीको केन्द्रीय कमिटी र अध्यक्ष केपी शर्मा ओली चल्नुपर्छ भन्ने नरहेको जिकिर गरे । ०६४ को निर्वाचमा एमाले पराजित हुँदा तत्कालिन पार्टी नेतृत्वबाट माधव नेपालले राजीनामा दिएको उल्लेख गर्दै भुषालले पनि अहिले अध्यक्ष ओलीको राजीनामा मागेको उल्लेख गर्दै पत्रकार धमलाले प्रश्न गर्दा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,–‘पार्टी अध्यक्ष महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो, अर्को महाधिवेशन नहुञ्जेलसम्म उहाँ नै अध्यक्ष हो । महाधिवेशनमा घनश्यामजीले केपी ओलीलाई भोट हालेको होईन नि । आज पनि हामी दाबीका साथ भन्छौं कि एमालेको मत घटेको छैन् । एक्लाएक्लै कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न सक्दैनन् । यो अवस्थामा पार्टीलाई बलियो बनाउने काम कसले गरेको हो ?’ उनले एमाले अहिले बलियो भएको बताए । अहिलेको निर्वाचनमा पनि पार्टीभित्र अन्तरघात भएको दाबी गरे । उनले आगामी निर्वाचनमा पनि एमाले एक्लै लड्ने बताए । उनले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे केही नसोचेको जिकिर गरे । उनले एमाले आफ्नो खुट्टामा उभिएर अघि बढ्ने सुनाए ।



प्रतिक्रिया दिनुहोस्