Logo

एमाले यो निर्वाचनको सानो झापड खाएपछि थचक्कै मेचमा बसेको छ, प्रचण्डबिना देशको राजनीति चल्दैन : बिडारी (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको स्थानीय तहको निर्वाचनको परीणाम सन्तोषजनक रहेको स्पष्ट पारेका छन् । उनले एमालेलाई प्रतिगामी शक्तिको रुपमा चित्रण गरे । अहिलेको निर्वाचनको सानो झापड खाएपछि एमाले थचक्कै भएको बिडारीको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेले पनि ९ दलीय गठबनधन गरेको जिकिर गरे । उनले केपी ओलीले यसपटकको निर्वाचनमा राप्रपासँग तालमेल गरेको सुनाए । उनले काठमाडौं महानगरको मेयरमा बालेन शाहले पाएको मत ‘नो भोट’ भएको उल्लेख गरे । उनले अहिले प्रचण्डको विकल्प देशलाई त नभएको जिकिर गरे । उनले यो देशको राजनीति प्रचण्डबिना अघि बढ्न नसक्ने पनि ठोकुवा गरे ।

उनले भने,‘प्रचण्डबेगर यो देशको राजनीति अघि बढ्न सक्दैन् । प्रचण्डले यो देशलाई के गर्नुभएन ? संघीयता, धर्मनिरपेक्षता कसले ल्यायो ?’ उनले यो मुलुकको राजनीतिलाई अघि बढाउने व्यक्ति भनेको प्रचण्ड नै भएको जिकिर गरे । उनले अहिले माओवादी केन्द्रको जनमत बढेको स्पष्ट पारे । उनले अबको संघीय निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने पनि दाबी गरे ।

उनले अहिलेको स्थानीय तहको निर्वाचनमा उम्मेद्धवार नै कम उठाएकोले माओवादी तेस्रो भएको भएपनि अबको निर्वाचनमा माओवादी दोस्रो हुने ठोकुवा गरे । उनले केपी ओलीले आफूले प्रतिनिधिसभा विघटन गरेर गम्भीर गल्ती गरेको भनेर स्विकारे आफूहरु वार्ता गर्न तयार रहेको सुनाए । उनले अहिलेको गठबन्धन कुनैपनि हालतमा नभत्किने जिकिर गरे । उनले अहिलेको गठबन्धन नभएको भए अहिले स्थानीय तहको निर्वाचन नै हुने थिएन भन्ने पनि आशंका गरे ।



प्रतिक्रिया दिनुहोस्