Logo

बालेनले ४५ हजार मत कटाउँदा सिंह र स्थापितको कति ल्याए



काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५५९ मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार साहले ५४ हजार ९८२ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

एमालेका केशव स्थापितले २६ हजार ४५४ मत ल्याएर तेस्रो स्थान कायम राखेका छन् । त्यस्तै, स्वतन्त्र सुमन सायमीले ३ हजार ३३४ मत प्राप्त गरेर चौथो स्थानमा रहँदा राप्रपाका मदनदास श्रेष्ठ २९ सय ९६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले सर्वाधिक मत पाएकी छिन् । उनले ४४ हजार ७०५ मत ल्याउँदा नेकपा एकीकृतका रामेश्वर खनालले १५ हजार २८२ मत पाएका छन् । राप्रपाका बिनिता मगैयाले ७ हजार २३ मत पाउँदा स्वतन्त्र वेन्जीसिंह महर्जन २१ सय ४२, विवेकीशीलका कृति कंसाकारले १६ सय ७५, विद्या श्रेष्ठले १५ सय ७८ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्