Logo

भरतपुरमा फराकिलो मतान्तरले जिततर्फ लम्कदै रेनु



भरतपुर, ९ जेठ । भरतपुर महानगरपालिकामा जारी मतगणनामा प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरले जिततर्फ अग्रसर छिन् । दाहालले करीब १० हजार मतान्तरले अग्रता लिएकी हुन् ।

१ लाख १० हजार बढी मतगणना हुँदा पछिल्लो विवरणअनुसार ४४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार ३९६ मत प्राप्त गरेका छन् । सुवेदीलाई दाहालले १० हजार ३१४ मतले पछि पारेकी हुन् । त्यस्तै, स्वतन्त्र जगन्नाथ पौडेलले १३ हजार ६ सय १३ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ८ सय ४० मत ल्याउँदा हिमला गुरुङले २७ हजार १८१ मत पाएकी छिन् ।
भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस्