Logo

कमल थापा ओलीसँग असन्तुष्ट



काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएका छन् । उनले ओलीसँगको सहकार्य परिणाममुखी नभएको निष्कर्ष निकालेका छन् ।

थापाले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको आलोचना गरिएको छ । प्रतिवेदनमा एमालेसँगको सहकार्य गर्ने निर्णय रणनीतिक रुपमा ठिक भएको जिकिर गरिएको छ । तर, स्थानीय स्तरमा अपेक्षाकृत परिणाममुखी हुन नसकेको उल्लेख छ ।

एमालेसँगको सहकार्य भने नतोड्ने उल्लेख गर्दै संसदीय चुनावमा विगतको पाठ सिकेर जानुपर्नेमा जोड दिएका छन् । थापाले एमालेसँग सहकार्यका लागि संसदीय चुनावमा बढी सिटमा राप्रपा नेपालका लागि माग्ने संकेतसहितको प्रतिवेदनमा विषयहरु उल्लेख गरेका छन् ।

स्थानीय चुनावमा राप्रपा नेपालले एमालेको सूर्य चिन्हबाट प्रतिष्पर्धा गरेको थियो । तर, राप्रपाका सबैजसो उम्मेदवारहरु पराजित भए ।-File Photo



प्रतिक्रिया दिनुहोस्