Logo

सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज जैसी जेल जानेगरी प्रहरीसँग प्रमाण



काठमाडौं, ९ जेठ । सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसी जेल जाने गरी प्रहरीसँग प्रमाणहरु फेला परेको छ । १६ वर्षकी किशोरीलाई ८ वर्ष अघि बलात्कार गरेको आरोप लागेका जैसी हदम्याद गुज्रिएका कारण यो मुद्दा कमजोर हुने निश्चित छ । तर, उनीमाथि अर्की किशोरीले बलात्कारको अभियोग लगाएकी छिन् ।

१८ वर्षकी किशोरीले जैसीमाथि बलात्कारको अभियोग लगाएकी छिन् । यसमा हदम्याद लागू हुँदैन । अर्कोतर्फ जैसी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको प्रमाण प्रहरीले फेला पारेको बुझिएको छ ।

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसारको कसूरमा पीडित युवतीको बयान जिल्ला अदालत काठमाडौंबाट प्रमाणित भएको छ । युवतीले अदालतमा बयान दिइसकेकी छिन् ।

कपिलवस्तु घर भई सुन्दरी प्रतियोगिता र मोडलिङसम्बन्धी कन्सल्ट्यान्सी चलाएर बसेका जैसी गैरकानूनी धन्दामा लागेको प्रमाणहरु प्रहरीले पत्ता लगाएको हो । उनले महिलाहरुलाई यौनजन्य कार्यमा लगाउने बिचौलियाको भूमिका समेत निभाएको तथ्यहरु पत्ता लागेको विश्वस्त स्रोतले बताएको छ । यीनै प्रमाणका आधारमा उनीविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गर्ने तयारीहरु भइरहेका छन् ।

एकजना युवतीले सामाजिक सञ्जालमा मनोज जैसीविरुद्ध बलात्कारको आरोप लगाउँदै खुलेआम बोलेकी थिइन् । उनले पूर्व मिस नेपालको नाम समेत जोडेर आफूले सहयोग नपाएको बताएकी थिइन् । जैसीले भिडियो क्लिप्स बनाएर मनोजले ब्ल्याकमेल गरेको आरोप समेत लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्