Logo

कालो मोसो दल्नेगरि आयल निगम पुगेका थापाको योजना प्रहरीले असफल बनायो..



काठमाडौं, ९ जेठ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियुका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका अखिल कमिटी अध्यक्ष रामकृष्ण थापाले आयल निगम पुगेर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा ज्ञापन पत्र बुझाएका छन्।

उनी आयल निगमका महाप्रवन्धकलाई कालो मोसो दल्ने योजनका साथ गएको बुझिएको छ । ज्ञापनपत्रका साथमा कालो मोसो पनि देखिएपछि उनलाई प्रहरीले केहीबेर नियन्त्रणम लिएको थियो ।

निगमले हिजोमात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । डिजेल, पेट्रोल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ । त्यस्तै, खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २०० रुपैयाँ बढाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्