Logo

बालाटोलीको भाइरल गोल



एजेन्सी, ९ जेठ । इटालीका स्ट्राइकर बालाटोलीले गरेको गोल सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले टर्कीको क्लबबाट आइतबार साँझ सनसनीपूर्ण गोल गरेका हुन् ।

कलात्मक तरिकाले बल अगाडि बढाउँदै बालाटोलीले सुन्दर गोल गरे । बालाटोली सुन्दर गोल गर्न खप्पिस छन् । तर, उनी आक्रोश देखाउने गरेर विवादमा परिरहन्छन् ।

बालाटोली ३१ वर्षका भए । रिसाउने स्वभावका भएकाले कतिपय ठूला क्लबमा अटाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्