Logo

आज राति ७ बजेबाट काठमाडौं उपत्यकाको फोहोर उठ्ने



काठमाडौं, ९ जेठ । सरकारले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाउने भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजै साँझ ७ बजेबाट काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ ।

गृहमन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौं महानगरका प्रतिनिधिहरुको संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।

झण्डै ३ महिनादेखि नियमित नउठेको फोहोर आजबाट उठ्ने भएको हो ।

नुवाकोटको सिसडोल र काठमाडौंको तारकेश्वरवासीले पासाङ ल्हामु राजमार्ग कालोपत्र गर्ने सहमति बनेको छ ।

काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सुरुमा सिसडोलमा २ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १६ वर्षदेखि यो स्थानको विकल्प खोजिएको छैन ।



प्रतिक्रिया दिनुहोस्