Logo

भारतले अमेरिकासँग गर्यो लगानीसम्बन्धी सम्झौता



एजेन्सी, ९ जेठ । भारतले अमेरिकासँग लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ । आज जापानमा भारतका विदेश सचिव विनय मोहन क्वात्रा र अमेरिकाको अन्तर्राष्ट्रिय आर्थिक विकास कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत स्कट ए. नाथनबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार भारतका लगानीका मार्ग बलियो बनाउने भनिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सम्झौताले भारतको मुख्य क्षेत्रमा लगानी वृद्धि गर्ने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्वाड सम्मेलनमा भाग लिन गएकै दिन सम्झौता भएको हो । मोदीले जापानमा लगानीकर्ताहरुसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । उनले ३० जापानी कम्पनीका कार्यकारी निर्देशकहरुसँग राउन्ड टेबलमा छलफल समेत गरेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्