Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रि–चन्द्र क्याम्पसको अनेरास्ववियु आन्दोलनमा (फोटोफिचर)



काठमाडौं, ९ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रि–चन्द्र क्याम्पसको अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले राँको जुलुश निकालेर मूल्यवृद्धि फिर्ताको माग गरेका छन् ।

नेपाल आयल निगमले हिजोबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

विद्यार्थी संगठनहरुले भने मूल्यवृद्धिको विरोधमा आन्दोलन नै छेडिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्