Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) को प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिरकारी) ले विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले मूल्यवृद्धि खारेजीको माग राखेर आज साँझ प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पसअघि प्रदर्शन गरेका हुन् ।

मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । नेपाल आयल निगमले हिजोबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

विद्यार्थी संगठनहरुले भने मूल्यवृद्धिको विरोधमा आन्दोलन नै छेडिसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्