Logo

एमालेले २०० पालिका जित्यो



काठमाडौं, ९ जेठ । नेकपा एमालेले २ सय पालिका जितेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो ।

एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ ।

नेपाली काँग्रेसले ३२१ पालिका जितिसकेको छ । काँग्रेस ५ पालिकामा अगाडि छ ।

नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ मा अगाडि छ ।

जनता समाजवादी पार्टी २९ पालिका जित्न सफल भएको छ । जसपा ३ पालिकामा अगाडि छ । नेकपा एसले १८ पालिका जितेको छ । एस पोखरा महानगरपाकिलामा अगाडि छ ।

लोसपाले १५ पालिका जितेको छ भने १ पालिकामा अगाडि छ ।

अन्य दल र स्वतन्त्र ३० पालिका जित्न सफल भएका छन् भने काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह अगाडि छन् ।



प्रतिक्रिया दिनुहोस्