Logo

मतगणना नसकिँदै भरतपुरको महानगरमा रेनु दाहालको जित सुनिश्चित्



काठमाडौं, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालको जित सुनिश्चित् भएको छ। दाहाल पाँच दलीय गठबन्धनकी साझा उम्मेद्धवार हुन् । उनले नेकपा (एमाले) का उम्मेद्धवार विजय सुवेदीविरुद्ध ११ हजारभन्दा बढिको अग्रता लिएकी छिन् ।

दाहालले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम रहेकोले उनको जित सुनिश्चित् भैसकेको छ। अहिलेसम्म भरतपुर महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको छ ।

हालसम्म १ लाख १६ हजार ६ सय ६६ मत गणना भएको छ । गन्न बाँकी मत ११ हजार १ सय ७३ छ । गन्न बाँकी वडा नम्बर २७, २८ र २९ मा जम्मा १० हजार ३ सय २४ मत खसेको छ । रेनुले अहिलेसम्म ४७ हजार ४० मत ल्याएकी छिन् भने सुवेदीले ३५ हजार ५ सय ८३ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्