Logo

राजनीतिक दलको ध्यान जिसस गठनतर्फ



काठमाडौं, जेठ १० । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।

संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ । काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ । काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ । अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्