Logo

पाकिस्तानमा आतंकवादी हमलामा दुई सैनिकको मृत्यु



एजेन्सी, १० जेठ । पाकिस्तानमा आतंकवादी हमलामा दुई सैनिकको मृत्यु भएको छ । उत्तरी वजरिस्तानमा सोमबार भएको हमला भएको जनाइएको छ ।

मीर अलीस्थित चेकपोष्टमा आतंकवादीले हमला गरेका थिए । हमलालगत्तै गोली हानाहान भएको थियो । घटनामा २० वर्षीय सिपाही जहरु खान र २३ वर्षीय सिपाही रहिम गुलको मृत्यु भएको हो ।

एआरआइ न्युजका अनुसार १४ अप्रिलमा आतंकवादीले एउटा सवारी साधनलाई एम्बुसमा पारेका थिए । इसाम क्षेत्रमा भएको घटनामा ४ सैनिक आतंकवादी मारिएका थिए ।

पछिल्लो समय वजिरिस्तानमा हमलाका घटनाहरु बढिरहेका छन् । अप्रिल १५ मा उक्त क्षेत्रमा सातजना सैनिक मारिने गरी आतंकवादी हमला भएको थियो ।



प्रतिक्रिया दिनुहोस्