Logo

क्वाड सम्मेलनमा मोदीले किन उठाए लोकतान्त्रिक शक्तिमा नयाँ ऊर्जाको विषय



एजेन्सी, १० जेठ । क्वाड सम्मेलन जापानको टोकियोमा सुरु भएको छ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फुमिया किसिडा र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी छन् ।

रणनीतिक महत्वको क्वाड लोकतान्त्रिक शक्तिहरुको गठबन्धन पनि हो । जापान र अष्ट्रेलिया अमरिकासँग निकै नजिक छन् । तर, मध्यमार्गी देश भारतको क्वाडमा सहभागिता शक्ति सन्तुलनको हिसाबले महत्वपूर्ण छ । भारत रुससँग पनि सन्तुलित सम्बन्धमा छ । ब्रिक्समा पनि भारत छ जसमा चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिका छन् ।

क्वाडमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतान्त्रिक शक्तिहरुको नयाँ ऊर्जा र जागरुकताबारे बोलेका छन् । उनले क्वाडका सदस्य राष्ट्रहरुबीच आपसी विश्वास, प्रतिवद्धताले लोकतान्त्रिक शक्तिहरुमा नयाँ ऊर्जा र जागरुकता ल्याउने बताए ।

क्वाडको सम्भावना झन् विस्तारित र प्रभावकारी भएको मोदीके भनाई थयो । उनले आफ्नो भाषणमा लोकतान्त्रिक शक्तिहरुबीचको नयाँ ऊर्जा र जागरुकताको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ । वर्तमान विश्वमा अमेरिका, भारत, जापान, अष्ट्रेलिया, बेलायत, जर्मनीलगायत यूरोपका अधिकांश देशहरुलाई लोकतान्त्रिक शक्तिका रुपमा बुझिन्छ । रुस, चीन जस्ता देशहरु फरक शक्तिका रुपमा बुझिन्छ । यी दुई शक्तिहरुबीच टकराव बढिरहेको छ ।

अमेरिकी ध्रुव र चीन वा रुसको ध्रुवमा विभिन्न देशहरुको ध्रुवीकरण बढ्दै जाँदा भारत, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका जस्ता देशहरु मध्यमार्गी बाटोमा छन् ।



प्रतिक्रिया दिनुहोस्