Logo

ललितपुर महानगरमा चिरीबाबु जित तर्फ अग्रसर



ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । महानगर प्रमुखमा गठबन्धन दलका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातीदेखि नै अग्रता लिएर जिततर्फ अग्रसर भइरहेका छन् ।

३ हजार मत गणना बाँकी रहँदा नेपाली कांग्रेसका महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत ल्याएका छन् । महर्जन व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतान्तरले अगाडी छन् । महानगरमा कुल ८६ हजार ५४० मत खसेको थियो ।

राप्रपाका अष्टबहादुर महर्जनले ४ हजार ४८ मत प्राप्त गर्दा विवेकशीलका उज्वलकृष्ण श्रेष्ठले ७४७ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्यले २१ हजार ७०८ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् । उनको जित निश्चित प्राय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot