Logo

सुनको भाउ ३ दिनदेखि स्थिर



काठमाडौं, जेठ १० । आइतबार र सोमबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि स्थिर रहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँमै कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम