Logo

अपर हेवाखोलाको आईपिओ आजदेखि



काठमाडौं, जेठ १० । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपिओमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले बैशाख २२ गते बिहिबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।



प्रतिक्रिया दिनुहोस्