Logo

रेनुलाई छोरी प्रतिभाको पनि बधाई–सबै भरतपुरवासीको नेता बन्नुहोला



काठमाडौं, १० जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन् । यसअघि उनी ०७४ को निर्वाचनमा विजय भएकी थिईन् । अहिले रेनुलाई बधाई दिनको ओइरो छ । रेनुलाई आफ्नै छोरी प्रतिभाले समेत बधाई ज्ञापन गरेकी छिन् । आमा रेनुको प्रशंसामा उनले धेरै शब्द खर्चिएकी छिन् । उनले आमालाई सबै भरतपुरवासीको नेता बन्नसमेत सुझाव दिएकी छिन् । त्यस्तै, आमा रेनुलाई चुनाव जिताउनको लागि बुवा अर्जुन पाठकले पर्दा पछाडि बसेर महत्वपूर्ण भूमिका खेलेको भन्दै बुवालाई पनि बधाई भनेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेकी छिन् –

असीमीत बधाइ ममी! भरतपुर बासी सबैको नेता बन्नु होला ।??

मौन अवधि सुरु हुने अघिल्लो रात थियो । ममी घर आउँदा राती १२ बजिसकेको थियो, खुट्टा हरुमा फोका उठेका थिए, स्वर चिन्नै नसक्ने गरी सुकेको थियो, शरिर थकित देखिन्थ्यो । तर ममी लाई यस्तो देखेको पहिलो घटना थिएन । गत पाँच बर्ष प्राय दिनहरु ममी पूर्ण रुपमा समाजको हितमा खटेर मैदानमा हुनुहुन्थ्यो, भौतिक रुपले थकित भएर घर आएका दिनमा पनि वहाँ कामको सन्तुष्टी राख्नु हुन्थ्यो ।

यसरी आफ्नो मिहिनेतबाट प्रभाव पार्न सकेर नै पुन: भरतपुर महानगरपालिकाको नेतृत्व गर्ने अवसर पाउनु भएको छ । यसपटकको लोकप्रिय मत ले यही देखाएको छ । म आफु नै चुनावी यात्रामा सहभागी हुँदा पनि सबै वर्ग र समुहले आफ्नै चेली सम्झेर ममी प्रती देखाएको माया ले मलाई ठुलो प्रेरणा मिलेको छ ।

ममीले चुनाव जित्दै गर्दा पर्दा पछाडी रहेर मुख्य भूमिका खेल्नुभएको बुवाप्रति मेरो उच्च आदर छ । कहिल्यै लाईमलाईटमा आउन नचाहने तर ममीलाई स्थापित गराउन, भरतपुरका आम जनता र कार्यकर्तालाई व्यवस्थापन गर्न, सबैको नेतृत्व सम्म पहुच बनाउन बुवाले गत पाँच बर्ष महत्वपुर्ण भूमिका खेल्नु भएको छ ।

पुन निर्वाचित हुनुभएको ममीलाई बधाइ छ, तर त्यो भन्दा धेरै बधाइ यो चुनावमा खट्नुभएका हरुलाई छ, अनि निष्पक्ष भएर विकासको पक्षमा मतदान दिनुभएका हरुलाई छ ।



प्रतिक्रिया दिनुहोस्