Logo

चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित



काठमाडौं, १० जेठ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजका एक शिक्षकले कक्षा ११ की छात्रालाई यौन दुव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले अभिभावकसहित शिक्षकहरुसँग छलफल गराउने तयारी गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्