Logo

अनुवादक राखेर वाइडेनसँग मोदीको हिन्दीमै संवाद (भिडियोसहित)



काठमाडौं, १० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग टोकियोमा संवाद गरेका छन् । दुई नेताहरु प्रत्यक्ष भेटेर संवाद गर्दा मोदीले हिन्दी भाषा प्रयोग गरेका थिए ।

वाइडेनले अंग्रेजीमा दुई देशको सम्बन्ध देखि रुसले युक्रेनमाथि गरेको हमलाको विश्ले विरोध गर्नुपर्ने बताएका थिए । वाइडेनले अंग्रेजी बोलेपछि उनीसँग रहेकी अनुवादकले हिन्दीमा उल्था गरेकी थिइन् ।

मोदीले वार्ताका क्रममा आफ्नो धारणा राखेका थिए । हिन्दीमा बोलेका मोदीको छेउमा रहेकी अनुवादकले अंग्रेजीमा बोलेकी थिइन् ।

मोदीले भारत र अमेरिकाबीचको प्रष्ट साझेदारीमा जोड दिएका थिए । उनले साझा मूल्य तथा सुरक्षासहित कतिपय क्षेत्रमा हाम्रो समान क्षेत्रमा यो विश्वासले मजबुत गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्