Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको खारेजीको माग गर्दै मन्त्रीलाई ध्यानाकर्षण पत्र



काठमाडौं, १० जेठ । विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मुल्यवृद्धिको पुर्ण खारेजीको माग गरेका छन् ।

सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यृवृद्धि पुर्ण खारेजीको माग गर्दै उद्योग व्यापार तथा वाणिज्य मन्त्री दिलेन्द्र प्रसाद बडुलाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सोमबार १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलन मध्ये मन्त्री बडुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनले मन्त्रालय र विद्यार्थी संगठनबीच भएको सहमति कार्यान्यवन गरी एल.पी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियत दिन आग्रह गरेका छन् ।

वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगको लागि कार्यदल गठन र काम गर्न, सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने गरी गरिएको चलखेल खारेजको माग समेत विद्यार्थीहरुले गरेका छन् ।

ध्यानाकर्षण पत्रमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह, अखिल नेता सुदेश पराजुली लगायत १५ विद्यार्थी संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot