Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु



काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ।

सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनको मतपरीणाम आएपछिको अवस्था र बजेट आउन लागेको भन्दै संसदीय दलको बैठक बोलाएको हो ।

अहिले अध्यक्ष पुष्पकमल दाहालले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

आज सरकारले नीति तथा कार्यक्रम पेश गर्दैछ ।

नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जनाए । अहिले बैठक जारी छ ।



प्रतिक्रिया दिनुहोस्