Logo

एमालेका प्रतिनिधि बाहिरिएपछि पोखराको मतगणना अबरुद्ध



पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना रोकिएको छ ।  वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै नेकपा एमालेका प्रतिनिधिहरुले गणनास्थलमा नबस्ने अडान लिएपछि गणना रोकिएको हो । एमालेका प्रतिनिधि बाहिरिएका छन् ।

एमालेले १८ र ३१ वडामा मत कम भएको भन्दै पुनः मतगणना गर्न बिहानदेखि माग गरिरहेको छ । एमालेले १९ वडामा ९ मत र ३१ वडामा ३ मत कम आएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।

यी दुवै वडामा एमाले पराजित भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ । सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ५ हजार ४ सय ८५ मतले अघि भएकोले जित सुनिश्चित भइसकेको छ ।

भने उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतले पछि पारेकी छन् ।



प्रतिक्रिया दिनुहोस्